११ दिनदेखि उपचाररत कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था जटिल


काठमाडौं – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

मस्तिष्काघातका कारण ११ दिनदेखि उपचाररत् जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिष्ट डा. राजीव झाका अनुसार जोशीको अवस्था अहिले स्थिर र जटिल छ ।

उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । सोमबारसम्म अवस्थामा केही सुधार देखिए पनि मंगलबार स्वास्थ्य अवस्था गम्भीर भएपछि जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको हो ।

प्रतिक्रिया