

विश्वकै ‘टप’ युट्युबर मिस्टर बिस्टको टिमले नेपालमा बनायो अस्पताल

काठमाडौं- विश्वमै सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पताल मर्मतसम्भार गरेका छन् ।
बिस्टले हालै भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको कामको बारेमा जानकारी दिएका छन् । गत डिसेम्बरमा उनको टिम नेपाल आएको थियो ।
बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको थियाे । बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएका थिए ।

