

हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, खेल १८ ओभरकाे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो ।
वर्षाको कारण समयमा खेल सुरु नहुँदा ओभर घटाएर खेल खेलाइने भएको छ । आजको खेल १८/१८ ओभरको हुने भएको छ ।
वर्षा रोकिएकाले अबको केही समयमै खेल सुरु हुने बताइएको छ । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो

