२० हजार घुस लिने असईविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी चौकी कान्तिबजार महोत्तरीका यादव र झाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरूले महोत्तरी जिल्ला अदालतमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश कार्यान्वयन गरी आवश्यक मुचुल्का तयार पार्न सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिएका थिए । ​​

उनीहरूविरुद्ध आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया