

नेपालका बलरहरुको उत्कृष्ट प्रदर्शन, आयरल्याण्डको सय रन पूरा

काठमाडौं – दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ ले सय रन पूरा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० रन बनाउँदा छैटौं विकेट गुमाइसकेको अवस्थामा अहिले १०० रन बनाउँदा ७ विकेट गुमाएको छ । आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाए ।
यस क्रममा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । २२.४ ओभरमा अहिले आयल्याण्डले १०० रन बनाएको हो ।
नेपालका लागि सहबाब आलमले ३ विकेट लिइसकेका छन् । नेपालका बलरहरुले उत्कृष्ट सुरुवात गरे पछि कप्तान निल रकले उत्कृष्ट प्रदर्शनका साथ सय रन कटाएको हो ।

