पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल चलाउने अनुमति


पोखरा- गण्डकी प्रदेश सरकारले पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ ।

त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने छ ।

विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ ।

 

 

प्रतिक्रिया