आज सुनको भाउ घट्यो


काठमाडौं- सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया