
मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि लाग्दैनौं : रेशम चौधरी
काठमाडाैं- नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद छताछुल्ल भइसकेको छ ।
सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा दुई पक्षबीच कुटाकुट भएको र रेशम चौधरीले अर्को पक्षलाई ज्यान मार्ने धम्की दिएको समाचार आइरहेका बेला उनले फेसबूकमार्फत त्यसको खण्डन गरेका छन् ।
उनले लेखेका छन्, ‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्यो, ज्यान मार्ने धम्की कसले दियो, सुन्ने/हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं । अनावश्यक हो-हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो ।’
सत्ता गठबन्धनमा सहभागी हुने कि नहुनेलगायतका विषयमा रेशम र रञ्जिताबीच विवाद भइरहेकाे छ ।
रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ भने रञ्जिताले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकी थिइन् ।



कागजपत्र |
