

कपन बस्ने लिम्बुकाे घरमा भेटियाे पेस्तोल

काठमाडौं- काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।
उनको घरमा प्रहरीले खानतलासी गरेको थियो । सोही क्रममा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु एकथान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

