छाउनीमा डाक्टर प्रतिभा मृत फेला


काठमाडौं- डाक्टर प्रतिभा धौभडेल  मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल छाउनीस्थित आफ्नै घरकाे बाथरुममा मृत भेटिएकी हुन् ।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया