

मास्क लगाएर भाइको सट्टामा एसईईको परीक्षा दिन आएका दाई पक्राउ

सुर्खेत-दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका हुन् । प्रहरीले नाम भने खुलाएको छैन।
कक्षा १२ मा अध्ययनरत उनी मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ।

