

हिरासतबाटै एसइई

सर्लाही- सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका ज्ञानज्योति आवासिय विद्यालयका उनले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् ।
परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । उक्त मुद्दामा किशोरका बुवा समेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ ।

