

चराको बथानले गर्दा पोखरा विमानस्थलमा उडान–अवतरण प्रभावित

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथानका कारण उडान–अवतरण प्रभावित बनेको छ ।
आइतबार बिहान चरा बथानै रनवेमा आएपछि विमानस्थल बन्द भएको बताइएको छ ।
यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गर्न नसकेपछि १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो । यतीकै पोखरा–काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै डिले भएको थियो । बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् ।
चराको गतिविधिका कारण आज बिहानदेेेखि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।

