

आज यी स्थानमा पर्नेछ पानी

काठमाडौं- अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया बदली छ ।
आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

