

स्याङ्जामा करेन्ट लागेर एक पुरूषको मृत्यु

वालिङ – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा छन् ।
अर्जुनचौपारी–६ स्थित झाँक्रीथानमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

