

अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग : झलनाथ खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू पूर्वएमालेमै फर्किने बताएका छन् ।
पेरिसडाँडा बसेको स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता खनालले नेकपा एमाले, नेकपा एमालेकै बाटोमा र नेकपा माओवादी केन्द्र उसकै बाटोमा लाग्ने भन्दै अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हिँड्ने बताएका हुन् । वरिष्ठ नेता खनालले आफूहरू पूर्वएमालेमै फर्किने पनि बताए ।
बैठकबाट नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल र झलनाथ खनालहरू बाहिरिएका छन्। तर पेरिस डाँडामा अझै स्थायी कमिटी बैठक जारी छ।

