उद्योगी, व्यवसायीलाई प्रधानमन्त्रीको सुझाव: अब विदेशबाट नक्कली पानी नल्याउनु, यही उत्पादन गर्नु


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी तथा व्यवसायीहरुलाई इनर्जी ड्रिङको नाममा नक्कली धमिलो पानी आयात नगर्न सुझाव दिएका छन् ।

उद्योग परिसंघ ९सिएनआई०ले सञ्चालन गरेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को उद्घाटन तथा लोगो सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘इनर्जी ड्रिङको नाममा विदेशबाट नक्कली पानी किन आयात गर्नु भएको ’ ओलीले भने, ‘अब विदेशबाट नक्कली पानी नल्याउनु, यही उत्पादन गर्नु, यही रोजगारी बढाउनु ।’ आफ्नै देशमा उत्पादन गर्ने हो बंगलादेश, अष्ट्रेलियाबाट आयात गर्ने हो भने आफ्नै देशको पानी खान पाइने र विदेशी धमिलो पानी किन्न नपर्ने उआलीको भनाइ छ । विदेशबाट अब कच्चापदार्थ मात्रै ल्याउनु पर्ने उनको तर्क छ ।

‘नेपालमा सुपरमार्केट छ, उपभोक्ता छन्’ उनले भने, ‘सामान आयात विदेशबाट बढी भइरहेको छ, नेपालमा चाहिने बस्तु किन्ने भन्दा सपिङ गर्नेको आतंक बढेर यो सबै भएको हो ।’ सरकारले आयातलाई प्रोत्साहन नगर्ने र बेसाएर खानु व्यापार नहुने भन्दै व्यापार गर्ने नै हा भने उत्पादन गरेर बेच्नुपर्ने ओलीको तर्क छ ।

कार्यक्रममा ओलीले आफ्नो उत्पादनको उत्पादकत्व वृद्धि, त्यसको प्रयोग र त्यसलाई ब्रान्डको रुपमा प्रयोग गर्न, गुणस्तर, मूल्यमा प्रतिस्पर्धा गर्न र क्षमता बढाएर अघि बढ्न सुझाव दिए । यसले देशलाई नयाँ गतिको साथ अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ ।

स्वदेशी तथा विदेशी जसले नेपालमा लगानी गरेको भएपनि लगानीको लागि सुरक्षाको चिन्ता नलिन समेत आग्रह गरे । सरकारले बाटो बनाउने, भौतिक पूर्वाधार तयार पर्ने काम गरेको छ भन्दै अब लगानीलाई बढाउन तर्फ लाग्न सबैलाई आग्रह गरे ।

लगानीका नयाँ क्षेत्र रहेको, लगानी सप्ताहको रुपमा नै औद्योगीक क्षेत्र उद्घाटन गरेको स्मरण गराउँदै ८ वटा औद्योगीक क्षेत्रमा लगानी गर्न आग्रह गरे । ९ सय देखि २१ सय विगाहा क्षेत्रफलमा ८ वटा औद्योगीक क्षेत्र रहेको र उक्त क्षेत्रमा बाटो, यातायात सबै पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया