राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा


काठमाडौं – राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका हुन् ।

उनीहरु चारै जनाले आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धन परिवर्तन भएपछि सदस्यहरुले राजीनामा दिएका हुन् । रिक्त सदस्य पदमा एमालेका तीन जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना सदस्य थपिने बताइएको छ ।

आयोगका सदस्यहरु डा राउत जनमत पार्टी र बाँकी सदस्य कांग्रेसको कोटामा सदस्य बनेका थिए । उपाध्यक्ष श्रेष्ठका प्रेस विज्ञ रोयल आचार्यका अनुसार अनिता शाह हाल अमेरिका छिन् । उनले अमेरिकाबाटै उपाध्यक्ष समक्ष राजीनामा दिएकी छिन् ।

 

प्रतिक्रिया