लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति


काठमाडौं- लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

शुक्रबार अर्थमन्त्रालयमा भएको सहमतिअनुसार राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वित्तीय संस्थालाई कारबाही गर्ने, माग सम्बोधनसम्बन्धमा ६० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी तीन सदस्य कार्यदल गठन गर्नेलगायत सहमति भएको हो ।

सहमति पत्रमा आन्दोलनरत तर्फबाट वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारको तर्फबाट वार्ता टोली संयोजक नारायणप्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया