


आईजी कुँवर गृह मन्त्रालयमा, मन्त्रीपरिषद् बैठक अघि गृहमन्त्री, सचिव र आईजीबीच छलफल

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर गृहमन्त्रालय पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आकस्मिक मन्त्रीपरिषद् बैठक सुरु हुनु अगाडि आईजी कुँवर गृहमन्त्रालय पुगेका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र आईजी बसन्त कुँवरबीच छलफल चलिरहेको छ ।
आजको मन्त्रीपरिषद् बैठकमा सुन तस्करी सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनका बारेमा छलफल र निर्णय हुने भएकाले आईजी कुँवर गृहमन्त्रालय पुगेको जनाइएको छ ।

