राजीनामा दिएको हुँ, पार्टीको निलम्बनमा परेको होइन : हंसराज केसी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला अध्यक्ष (दाङ) हंसराज केसीले आफू पार्टीबाट निलम्बनमा परेको नभई राजीनामा दिएको बताएका छन् ।

केसीलेआफूले राजीनामा दिएको चार दिन पछि निलम्बनमा परेको समाचार आएको भन्दै उनले संशय प्रकट गरे ।

नेतृत्वको स्वेच्छाचारी र पार्टीको महाधिवेशनको म्याण्डेट विपरीत जाँदा पार्टी एउटा सामान्य क्लब भन्दा तल्लो स्तरमा पुगेको भन्दै उनले पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

‘आज बौद्धिक सर्कलका मान्छेहरू पार्टी बाट पलाएन भएका छन्। जाँड खाने झल्लुहरूको झुन्डहरूले पार्टी कार्यालय कब्जा गरेको छ’ उनले भनेका छन् ।

प्रतिक्रिया