
आज निजामती सेवा दिवस
काठमाडाैं – नेपालमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ। देशको प्रशासनिक संयन्त्रलाई चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउन तथा निजामती कर्मचारीको योगदानको कदर गर्न यो दिवस मनाउने गरिन्छ।
वि.सं. २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले ‘निजामती सेवा ऐन, २०१३’ जारी गरेको थियो। सोही दिनको स्मरण गर्दै नेपाल सरकारले वि.सं. २०६१ सालदेखि औपचारिक रूपमा भदौ २२ गतेलाई निजामती सेवा दिवसका रूपमा मनाउन थालेको हो।
यस दिन निजामती सेवामा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ र ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरी सम्मान गरिन्छ भने यस अवसरमा निजामती कर्मचारीहरूद्वारा प्रभातफेरी (र्याली), रक्तदान, वृक्षारोपण, खेलकुद तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिन्छ।
निजामती सेवालाई राज्यको स्थायी सरकार मानिन्छ। सरकारका नीति तथा कार्यक्रमहरूलाई व्यवहारमा लागू गर्ने, नागरिकलाई सहजीकरण गर्ने र शान्ति-सुरक्षा तथा विकास निर्माणका काममा समन्वय गर्ने मुख्य जिम्मेवारी निजामती कर्मचारीहरूकै हुन्छ।



कागजपत्र |
