
कांग्रेस महासमिति सदस्य ओसार्न २० बसको व्यवस्था, कहाँ कहाँबाट पाइन्छ त बस ? (सूचनासहित)
काठमाडौं – नेपाली कांग्रेसले ललितपुरको गोदावरीमा आजदेखि शुरु हुने महासमिति बैठकमा सदस्यहरूलाई बैठकस्थलमा आवतजावतका लागि २० वटा बसको व्यवस्था गरेको छ।
कार्यालय सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार चारवटा रूटमा २० वटा बसको व्यवस्था गरिएको हो।
पौडेलका अनुसार गौशालाबाट ६ वटा, नारायणगोपाल चोकबाट २ वटा, नयाँ बसपार्कबाट ४ वटा र भद्रकालीबाट ६ वटा बस छुट्ने छन् ।
कांग्रेसले छुटेका महासमिति प्रतिनिधिहरूलाई सातदोबाटोको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय अगाडिबाट लैजाने र गोदावरीबाट फर्किन ६ बजे आ–आफ्नो रूटका बस चढ्नुपर्ने पनि कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सोमबार उद्घाटन हुँदैछ। बैठक तीन दिनसम्म चल्नेछ।




कागजपत्र |
