

कांग्रेस महासमितिमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शंकर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए ।
सांसदसमेत रहेका नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक समेत भइसकेको छ । तर, आजबाट सुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकमाले बताए ।
उनले कांग्रेस एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासनको पक्षमा नरहेको प्रष्ट पारे । तर, नेता भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गदैछन् ।

