समाजवादी मोर्चाको संयोजकमा विप्लव


काठमाडौं-  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजकबनेका छन् । आज बिहान एकीकृत समावादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए ।

गत असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले समाजवादी मोर्चा घोषणा गरेका थिए ।

प्रतिक्रिया