प्रेसर कुकर राखेर सबैलाई त्रसित बनाउने २ जना पक्राउ


मोरङ- शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरिएको हो ।

सोमबार बेलुका विराटनगर ३ को खाली चौरमा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको र सोही सन्दर्भमा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले बताए ।

उनीहरूले कुकर बमजस्तो देखिनेगरी लुकाई राखेको उनले बताए ।

पक्राउ परेका मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट लामो डेडकर्ड र सोडा आधा किलोग्राम बरामद गरेको प्रहरीले जनाएको छ।

नेकपा माओवादीको ५ वटा पत्र, ४ थान खाली खामसँगै प्रहरीले मिश्रबाट २ ठेली सहयोग रसिद पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया