

विदेशमा पढ्न जाने विद्यार्थीले ६ महिनामै लगे ५८ अर्ब ९५ करोड

काठमाडौं- नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएकसँगै नेपाली मुद्रा पनि बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।
चालु आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।

