


चर्चामा विप्लव समूहका प्रकाण्डले प्रचण्डमाथि सोझ्याएको ‘४१ अर्ब’को त्यो आरोप (भिडिओसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हस्ताक्षर हुन लागेको छ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीचको सहमतिले प्रधानमन्त्री ओली र विप्लवलाई एउटै मञ्चमा उभ्याएको हो।
यी दुईबीचको अहिलेको समानता भनेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सहकार्य नै हो। यहि मेसोमा प्रकाण्डले प्रचण्डमाथि लगाएको ४१ अर्बको आरोपको चर्चा सुरु भएको छ।
माओवादी आन्दोलनबाट विभाजन भइसकेपछि प्रकाण्डले प्रचण्डमाथि ४१ अर्ब रकम रहेको आरोप लगाएका थिए। उनले सार्वजनिक सभामार्फत प्रश्न गरेका थिए,‘दुबईमा रहेको प्रचण्डको ४१ अर्ब कहाँबाट आयो? तपाईको परिवारलाई बर्षदिनभरी खान पनि पुग्दैन थियो, त्यत्रो रकम कहाँबाट आयो?’
बामदेव गौतम गृहमन्त्री भएका बेला उठाएको यो प्रश्नमा प्रकाण्डले भनेका थिए,‘त्यो रकम भित्राउनका लागि तपाईले अहिले बामदेवको प्रयोग गरिरहनुभएको छ।’
हुन त यी आरोपका विषयमा प्रचण्डले खण्डन पनि गर्दै आएका छन्। केही दिनअघि एउटा अन्तरवार्ताका दौरान प्रचण्डले भनेका छन्,‘दुबईमा २१ अर्ब प्रचण्डको छोरा प्रकाशले राखेको छ भन्ने यस्ता मिथ्या आरोप पनि लगाउँछन्। कुनै बैंकमा मेरो खाता छ? मैले रकम राखेको छु त? कसैले पुष्टि गरिदियोस्।’

