जलहरी प्रकरणमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग


काठमाडौं-  विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया