

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । आज सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो ।
सदूरपश्चिमले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा समेटिएको हो । सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशक प्रहार गरे ।

