देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला


काठमाडौं – काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

बुढानीलकण्ठ नगरपालिका–१३ सापाटारमा सोही ठाउँ बस्ने भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा सोही उपमहानगरपालिका– ५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा भानु नगरपालिका—६ बस्ने ३१ वर्षीय सोम रोका सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता गोरखाको सिरानचोक गाउँपालिका–४ कृषिखोलास्थित खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया