झण्डै ९ किलो चरेससहित ५ जना पक्राउ


मकवानपुर– मकवानपुरमा ८ किलो ८ सय ग्राम अवैध लागुऔषध चरेशसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनहरि गाउँपालिका–६ नयाँ बस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका–३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका–२१ बस्ने २० वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका छन् ।

प्रहरीले मनहरि ना३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागुऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया