पानीको बाल्टिनमा डुबेर १४ महिने शिशुको मृत्यु


काठमाडौं- रौतहटमा पानीको बाल्टिनमा डुबेर एक १४ महिनाको शिशुको मृत्यु भएको छ ।

गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी १४ महिनाकी छोरी अनु साहको डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया