राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवारलाई जिताउन अपील


काठमाडाैं- सत्ता गठबन्धनका सात दलले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफूहरूका साझा १९ जना उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।

संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया