
नेकपा माओवादीका दुई केन्द्रीय सदस्यलाई कारबाही
काठमाडौं- नेकपा माओवादी केन्द्र स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ ।
पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।
तामाङ राजावादी गतिविधिमा संलग्न भएको र बिक केही समयअघि एमालेमा प्रवेश गरेकाले कारबाही गरेको माओवादीले जनाएको छ ।



कागजपत्र |
