

चन्द्रागिरी दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौं- थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।
कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै काठमाडौँ महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो ।
सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

