साँगामा मोटरसाइकलले थिचिएको अवस्थामा कोटेश्वर बस्ने युवतीकाे शव फेला


भक्तपुर- भक्तपुर सुर्यविनायक नगरपालिका–९ साँगामा मोटरसाइकलले थिचिएर एक महिलाको मृत्यु भएको छ ।

प्रदेश२–०३–०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको अवस्थामा फेला परेको थियो ।

 

 

प्रतिक्रिया