


मन्त्री रोज राणाको निर्देशनपछि अब आफ्नै सवारी प्रयोग गरेर ट्रायल दिन पाइने

काठमाडौं -अब लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरेर ट्रायल दिन पाउने भएका छन् ।
बुधवार लुम्बिनी प्रदेशका यातायात कार्यालय प्रमुखसँग बसेको बैठकमा प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले उक्त व्यवस्था लागू गर्न निर्देशन दिएका छन् ।
सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई उनले निर्देशन दिएका हुन् ।
मन्त्रीले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिएको यातायात व्यवस्था कार्यालय, रूपन्देहीका निमित्त कार्यालय प्रमुख सुमन पौडेलले बताए ।

