
होटलको काम भनी रसियन सेनामा भर्ती गराउने २ ट्राभल सञ्चालक पक्राउ
नक्कली कागजात बनाइ रसिया पठाएका ४ मध्ये २ नेपाल फर्किए, २ रसियन सेनामा भर्ती
काठमाडौं – रसियाको होटलमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने ट्राभल सञ्चालकहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राजधानीको अलास्का ट्राभल्सका सञ्चालकद्वय अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेर बहादुर राईले पक्राउ परेका हुन् ।
उनीहरुले बेरोजगार युवाहरुलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ लागत रु ६,००,०००/- (अक्षेरुपी छ लाख रुपैयाँ ) लाग्छ भनी प्रलोभन देखाएकोमा शंकर कार्की , राजन राई र बिकास राईसँग प्रतिव्यक्ति रु ६,००,०००/- (अक्षेरुपी छ लाख रुपैयाँ ) लिई रसिया पाठाएकोमा रसिया पुगे पश्चात शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिलाई ८०० डलर थप दिए पश्वात अव तपाईहरु आर्मीको लागि हो तालिम गर्नुपर्छ भनेपछि नेपाल फर्किएका थिए ।
उनले आफु आर्मीको लागि नआएको बताउँदा दलालले होटलमा कुनै काम छैन तपाईलाई आर्मीको लागी बोलाएको हो भने पछि शंकर कार्कीले रसिया आर्मींमा काम नगर्ने भनि फर्की आई यस कार्यालयमा निबेदन दिएकोमा निजबाट बुझ्दा निजले SLC मात्र पास गरेको, सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाई दिइएकोले आवश्यक कारवाही गरी पाउ भनी निजसँग भएको प्रमाण सहितयस कार्यालयमा जाहेरी दिएकोमा रसिया पठाई मानब तस्करी कार्यमा संलग्न अलस्का ट्राभल्स संचालन गरेका अर्जुन र शेर बहादुरलाई बिहीबार काठमाडैंको माईतिघर र थापा गाउँबाट पक्राउ गरेको हो ।
उनीहरूलाइ मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ । साथै निजसंगै साथमै गएका राजन राई र बिकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको समेत बुभिफएको छ ।
यसरी नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्नहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
