रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटीले पाइन् सफाइ


काठमाडौं- सञ्चारकर्मी रुपा सुनारमाथि जातिय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएकी छिन् ।

जिल्ला अदालतमा दर्ता भएको साढे दुई वर्षपछि जिल्ला अदालतकाठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलाशले श्रेष्ठलाई सफाई दिने फैसला गरेको हो ।

श्रेष्ठमाथि सुनारले लगाएको जातीय विभदेको आरोपको दाबी नपुग्दै तर्कसहित जिल्ला अदालत काठमाडौंले सफाई दिएको श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।

२०७८ असारमा जातकै आधारमा कोठा नदिइएको भन्दै सुनारले महानगरीय प्ररी परिसर सिंहदरबारमा उजुरी गरेकोमा उक्त मुद्दालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा दर्ता गरेको थियो ।

घरबेटी प्रधानले पनि रूपा सुनारविरूद्ध बेइज्जतीको मुद्दा हालेकी थिइन्। उक्त मुद्दा पनि न्यायाधीश कार्कीकै इजलासमै परेको थियो । त्यसमा सुनारविरूद्धको मुद्दामा पनि दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रतिक्रिया