


पूर्व अरनिको यातायातले बनाएको जडीबुटी बसपार्क नभत्काउन आदेश

काठमाडौं- उच्च अदालत पाटनले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।
प्रालिले काठमाडौं महानगरपालिका-३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई अदालतले निषेधाज्ञाको आदेश दिएको हो ।
बुधबार न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पूर्वअरनिकोले बनाएको बसपार्क नभत्काउन यो आदेश दिएको छ ।
महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि यातायात कम्पनीको तर्फबाट श्यामबहादुर लामाले रिट निवदेन दिएका थिए ।

