

त्रिविको निमित्त रजिष्ट्रारमा बस्याल

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कानुन संकायका डीन डा.कृष्ण प्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ ।
गत १२ पुसमा निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पुरा भएपछि रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले उनलाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् ।

