

सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने, राष्ट्रियसभामा भाग दिने तयारी

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन् । एमालेसँग साँझ ५ बजे छलफल गर्ने तयारी छ ।
आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई केही सिट दिएर जाने विषयमा कांग्रेस र माओवादीको तहमा छलफल भएको बताइएकाे छ ।
कांग्रेस र माओवादीबिच भएको छलफलबारे आज दिउँसो गठबन्धन सम्बद्ध जसपा र एकीकृत समाजवादीसहित बैठकमा छलफल हुने छ ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।

