

डीएसपी पूर्णिमा बनिन् काठमाडौं परिसरकै उत्कृष्ट प्रहरी

काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा कार्यरत प्रहरी नायब उपरिक्षक (डिएसपी) पूर्णिमा कुमारी चन्द महिनाकै उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आम नागरिक र संगठनको श्रीवृद्धिमा पुर्याएको योेगदानको प्रंशसा गर्दै डिएसपी चन्दलाई जिल्ला प्रहरी परिस काठमाडौंले ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
चन्द अहिले प्रहरी वृत्त स्वयम्भूमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।

