

दुई नेपाली अपहरण गरेको आरोपमा भारतबाट ६ जना पक्राउ

काठमाडौं – दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

