नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको अभियान सुरू गर्छुः माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।

३१ औं माओ जयन्तीको अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने बताए।

पार्टीले गत भदौ १६ गते शुरु गरेको तीन महिने अभियान सकिएलगत्तै फेरि अर्को अभियान शुरु गर्ने उनले बताए। ‘यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट हामी अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी जाँदै छौँ’, उनले भने।

उनले पार्टीका युवालाई अध्ययन, चिन्तन मननतिर र विचार विकास गर्ने तिर ध्यान दिन निर्देशन दिए।

 

प्रतिक्रिया