काभ्रेमा कोठामा हिटर बालेर सुतेका श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै


काभ्रे- काभ्रेमा निस्सासिएर एक वृद्धको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका – १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

पूर्व वडाध्यक्षसमेत रहेका लामाको कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्यालढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको जनाइएको छ ।

हिजो राति कोठा न्यानो पार्न हिटर र आगो बालेर सुतेका उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामा फेला परेका थिए ।

दुवैजनालाई बिहान धुलिखेल अस्पताल लगिएकोमा कर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनकी श्रीमतीको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया