

विप्लवविरुद्ध पक्राउ पूर्जी जारी भएकोप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतविरुद्ध पक्राउ पूर्जी आदेश भएपछि नेपाल समाजवादी मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।
मोर्चाका संयोजक एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतको उक्त आदेशप्रति मोर्चाको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’

