पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा


काठमाडौँ – जीतपुरसिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए ।

वडाबाट हुने सिफारिसका लागी उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए । तर सडक (बाटो) बनाउन सिफारिसका लागी घुस लिएको बुझिएको छ ।

प्रतिक्रिया