

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी पुगेका छन्।
महोत्तरीको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ‘प्रचण्ड’ महोत्तरी पुगेका हुन्।
बर्दिबास नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सवमा सहभागी हुन् प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट आज महोत्तरी पुगेका हुन् ।
एक नेताका अनुसार दिउँसो दुई बजेदेखि विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ।

